चितवन–भारतले आफ्नो नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी समेटिएको विरोधमा देशभर विरोध र प्रदर्शन जारी भइरहेको बेला चितवनका युवाहरुले विरोधरुवरुप अर्धनग्न प्रदर्शन गरेका छन्। सत्तारुढ तथा विपक्षी दल सम्बद्ध युवाहरुले शनिबार चितवनका विभिन्न ठाउंँमा प्रदर्शन गरेका हुन्।
नेकपाको विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल रत्ननगर अनेरास्ववियूले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इन्डिया’को नारा लगाएर प्रदर्शन गरेका थिए।
युवाहरुको शरीरमा भारतीय हस्तक्षेप बन्द गर भन्ने नारा लेखिएको थियो। अनेरास्ववियका नेता सरोज भण्डारीले नेपालको भूमि भारतीय नक्सामा समेटिदा समेत सरकार चुप लागेर बसेकाले विरोध प्रदर्शन गरिएको बताए। भने जस्तो सुकै बेलामा आफ्नो मात्रृभूमि रक्षाको लागि रगत बगाउने कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इन्डिया’को नारा लगाएर प्रदर्शन गरेको छन्।