काठमाडौँ– नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ साइट दराजले हरेक वर्ष अयोजना गर्दै आएको ११.११ सेल डेआज मध्य रातबाट सुरु हुँदैछ। संसारकै सबै भन्दा ठुलो सेल डे को रुपमा ११.११ सेल डेलाई मानिन्छ।
यो दिनको सेलमा दराजले ३००० भन्दा बढि विक्रेतासँग मिलेर तीन लाख भन्दा बढी सामानहरूमा आकर्षक छूट लगायत धेरै अनेकौँ अफर ल्याउँदैछ। दराजका अनुसार यसपालीको ११.११ सेल डे मा उपभोक्ताहरूले चर्चित ब्रान्डका आकर्षक डिल गर्न सक्नेछन्।
जसमा रेड्मी नोट ७ प्रो, हुवावे पी ३०, र वान प्लस ७ मा भारी छूट पाउन सकिनेछ। यस्तै, आईफोन ११ को प्री अर्डरका साथ वान प्लस ७ टी प्रो को सार्वजनिक समेत सेलकै क्रममा हुनेछ। साथै सामसङ, मिडिया, भिडियोकोन, होमग्लोरी जस्ता ब्रान्डका फ्रिज, एसी, टीभी, वाशिङ मशीन, रुम ग्यास हिटर लगायतका सामानमा ठुलो छुट दिने बताइएको छ। डेल, ब्ल्याक एण्ड डेकर, फिलिप्स, यासुदा, वर्लपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्ट, आडिडास, सोनाम गियर्स, एजीवी, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डका सामानमा पनि छूट दिनेछ।
उपभोक्ताले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छूटको अपेक्षा गर्न सक्ने दराजले जनाएको छ। टाइटनका उत्पादनहरुमा २५ प्रतिशत, मन्त्र नाइकी, गोल्ड्स्टार र ज्युवासका उत्पादनहरुमा ३५ प्रतिशत, भ्यान्सका उत्पादनमा ५० प्रतिशत सम्म, आडिडास तथा सोनाम गियर्सका उत्पादनमा ७० प्रतिशतसम्म छूट रहेको बताइएको छ।
यस पटकको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट ¥याली स्कुटर रहेको छ। दराज ११.११ सपिङ गर्ने सबैले स्वतः स्कुटर उपहार योजनामा सहभागी हुनपाउनेछन्। खरीद गर्ने सबै उपभोक्ता मध्येबाट लक्की ड्र गरी एक जनालाई बिजेता घोषण गरिने दराजले जनाएको छ।
उपभोक्ताले दराजका विभिन्न ६ ओटा बैंकिङ पार्टनरहरूसँगको सहकार्यमा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानी गर्दा थप २० प्रतिशत तथा मेगासेलमा ३५ सय रुपैयाँसम्मको छूट पाउनेछन्। दराजको बैकिङ पार्टनरको रुपमा नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, मेगा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।