काठमाडौं– राजेश हमाल अहिले ‘सप्तरंग २’ को यात्रामा ब्यस्त छन्। लामो समय चलचित्रबाट टाढा रहेका हमाल अहिले सात प्रदेशमा आयोजना हुने यस कार्यक्रममा मुख्य आकर्षण हुन्। कार्यक्रमको लागि सात कलाकार छानिएको छ। जहाँ राजेशसँगै कार्यक्रममा गायक सुगम पोखरेल, हाास्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, गायक हिमाल सागर, प्रकाश सपुत र नेपाल आईडल रवि ओड पनि समावेश छन्।
कार्तिक २० गते बिर्तामोडबाट सुरु भएको यस कार्यक्रम कार्तिक २२ गते वीरगञ्जमा भएको थियो। वीरगञ्जमा पुगेका कलाकारहरुको क्रेज र कलाकारलाई दर्शकले देखाएको माया लोभलाग्दो थियो।
अझ, कार्यक्रममा महा(नायक राजेश हमालले धोती(कुर्ता लगाएर उपस्थित भइदिए। जुन कुराको प्रशंसा धेरैले गरिरहेका छन्। मधेशमा भएको उक्त कार्यक्रममा राजेशले मधेशी दर्शकको प्रतिनिधित्व गर्दै मधेशी पहिरन लगाएका थिए। मधेशी पहिरनलाई सम्मान गर्दै आफूले धोती(कुर्ता पहिरिएको हमालले बताएका छन्।
मधेशी जनताहरुलाई र उनीहरुको पहिरनलाई धेरैले मजाक बनाइरहेका हुन्छन्। ताकि धोती कुत्रा लगाएको देखेमा यो मधेशी भनेर खिल्ली गर्नेको जमात ठूलो छ। त्यहीँ कुरालाई चिर्नको लागि हमालले मधेशी पहिरन लगाएका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘हामी सबै नेपाली’ लेखेका छन्।
सात प्रदेशमा भएका विभिन्न कला (संस्कृतिलाई एक) आपसमा साटासाट गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो। ग्रिष्मा ब्रोकास्टिङको आयोजनामा भइरहेको यस कार्यक्रम आज भने चितवनमा हुदैछ। यो सप्तरंगको दोस्रो संस्करण हो।