एजेन्सी– अहिले बलिउडमा रिमेक चलचित्रको होडबाजी छ। रिमेक गरिएका चलचित्रहरु केही हदसम्म सफल पनि भएका छन्। त्यसैले होला, अहिले रिमेक चलचित्रको ट्रेण्ड नै छ।
२०१९ साललाई हेर्ने हो भने रिलिज भएका चलचित्र मध्ये रिमेक चलचित्रको वर्चश्व देखिन्छ। यस वर्षको सर्वा्धिक सफल चलचित्र ‘कविर सिंह’ रिमेक चलचित्र हो। तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ लाई रिमेक गरी कविर सिंह तयार गरिएको हो। यस चलचित्रले नायक शाहिद कपुरको करिअरलाई धेरै उचाई दिएको छ।
त्यस्तै यस वर्षको अर्को सफल चलचित्र हो, ‘भारत’। सलमान खानको मुख्य भूमिका रहेको यस चलचित्र पनि रिमेक चलचित्र हो। साउथ कोरियन चलचित्र ‘ओड टू माई फादर’लाई रिमेक गरी भारत बनाइएको हो। यस चलचित्र निकै सफल भयो।
अभिताभ बच्चन र तप्सी पन्नुको मुख्य भूमिका रहेको चलचित्र ‘बदला’ पनि रिमेक चलचित्र हो। २०१६ मा रिलिज भएको सस्पेन्स थ्रिलर चलचित्र ‘कन्ट्राटियाम्पो’को रिमेक चलचित्र हो। यस चलचित्रलाई पनि दर्शकले रुचाएका थिए।
‘प्रस्थानम’ पनि २०१० मा रिलिज भएको तेलुगु चलचित्र प्रस्थानमको हिन्दी रिमेक चलचित्र हो। यस चलचित्रमा संजय दत्तको मुख्यल भूमिका रहेको छ। समिक्षात्मक रुपमा राम्रै मानिएको यस चलचित्र बक्सअफिसमा भने असफल ठहरियो।
गत शुक्रवार बाट रिलिज भएको चलचित्र ‘उज्दा चामन’ पनि रिमेक चलचित्र हो। सनि सिंहको मुख्य भूमिका रहेको यस चलचित्र ‘ओन्दु मोट्टे कथे’को रिमेक चलचित्र हो। अहिले प्रदर्शनरत यस चलचित्रको व्यापार भने एकदमै न्युन वा दयालाग्दो नै छ।