काठमाडौ– कात्तिक २५ गते अर्थात भोलि सोमबारका दिन किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर सार्वजनिक विदा दिइएको छ। इलामका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका हुन।
इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको सुचनामा उल्लेख छ।
किरात धर्म दर्शन,भाषा,लिपि,कर्म संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन गर्दै आएका धर्मगुरु मानिनेआत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।