काठमाडौं– यही मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’ को प्रोमोसनल गीत भर्खर मात्र सार्वजनिक भएको छ। उक्त गीतमा र्यापर समिर घिसिङ ‘भिटेन’ को स्वर रहेको छ। गीतमा भिटेनकै शब्द तथा संगीत रहेको छ।
उनले पहिलो पटक चलचित्रको गीत गाएका हुन्, भने भिडियोमा पनि फिचर भएका छन्। भिडियोमा चलचित्रकी मुख्य नायिका सुमी मोक्तान र मुख्य कलाकार विजय लामा पनि देखिएका छन्। गीतमा रिभेन्जको कथालाई प्रस्तुत गरिएको छ ।
छायाकारको रुपमा परिचित हरि हुमागाईंले निर्देशन गरेको यस चलचित्रमा सुमी र विजयसँगै सन्नी सिंह, लियो ट्याङ्क, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम लगायतको पनि अभिनय रहेको छ। चलचित्रमा सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। ट्रेलरमा सुमिको एक्सनलाई धेरैले तारिफ गरेका छन्।
‘विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियो’ को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मीकुमारी तमाङले निर्माण गरेकी हुन्। राघव कृष्ण गौतमको लेखन रहेको चलचित्रलाई उत्तम हुमागाईंले खिचेको हुन्।
https://youtu.be/msHlhtJ7Wmg