जनकपुरधाम — भारतबाट अवैध रुपमा नेपाल भित्रयाइएकोे २० वटा बाख्रा नियन्त्रणमा लिएको छ।
महोतरी जिल्लाको जलेश्वर नगरपालिका ८ बिसनपुरबाट सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए।
नियन्त्रणमा लिइएको १ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको बाख्रा भिठामोड भन्सार कार्यालयमा बुझाइएको उनले बताए।