काठमाडौं — कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ। कुवेत गएको ४३ दिनमै उनको निधन भएको मृतकका भाइ शैलेन्द्र परियारले जानकारी दिए।
राहदानी नम्बर ११०३६३९० भएका घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो। जबिन्द्र रेष्टुरेन्टमा कुकको कामका लागि कुवेत गएका थिए।
उनलाई एकदमै कम मान्छेमा हुने ‘ब्रेन टीबी’ भएको र त्यसैको कारण ज्यान गएको अस्पतालले जनाएको छ।
अक्टोबर २ तारिखका दिन एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आउने भएपछि उनलाई तत्काल फर्वा्नियाको सिफा अल जाजिरा अस्पताल र्पुयाइएको थियो।
त्यहाँ उपचार गर्न सम्भव नभएपछि फर्वा्निया अस्पताल रिफर गरियो। तर त्यहाँ पनि उनलाई बचाउन सकिएन। मृतक परियारका बारेमा दूतावासमा जानकारी भइसकेको बताइएको छ। सम्बन्धित निकायसँग समन्वय गरेर शव चाडै नेपाल पठाउन पहल गर्ने नेपाली राजदूतावास कुवेतकी द्वितीय सचिव जानकी ओझाले बताए।