काठमाडौं– नेपालमा पहिलो पटक दुई दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडमी ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा काठमाडौंमा दुई दिवसिय क्रिकेट प्रतियोगिता हिमालय क्रिकेट लिग (एचसिएल) गराउने तयारी भइरहको बताइएको छ।
यु–१९ का ६ टिमको सहभागीता रहने लामो ढाँचाको यस प्रतियोगिता आउँदो पुस १९ देखि माघ ४ गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने आयोजकले बताएको छ। प्रतियोगितालाई दुई समूहमा विभाजन गरि सन्लन गरिने छ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। आयोजकका अनुसार युवा खेलाडीलाई यस किसिमको खेलको अनुभव होस् र भबिस्यको लागि राम्रो खेलाडी तयार गर्न सकियोस् भन्ने उदेश्यले यस किसिमको प्रतियोगिता गर्न लागिएको हो।
प्रतियोगिताको विजेता , उप–विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी मेडल प्रदान गरिनेबताइएको छ। प्रतियोगिता सम्पन्न गर्न कुल ५० लाख नगद लागत लाग्ने अनुमान गरिएको छ।