एजेन्सी– बलिउड फिल्म ‘पानीपत’ ले अफगानिस्तानमा बहस सिर्जना गरेको छ। डिसेम्बरमा रिलिज हुने यो फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक भएपछि अफगानिस्तानी शासक अहमद शाह अब्दालीको भूमिकालाई लिएर विवाद भएको हो।
शो फिल्ममा सञ्जय दत्तले अहमद शाह अब्दालीको भूमिका निर्भाह गरेका छन्। यो फिल्म सन् १७६१ मा अब्दाली फौज र मराठा सेनाबीच भएको पानीपतको ऐतिहासिक लडाइँमा आधारित छ।
अफगानिस्तानी दर्शकले ‘पानीपत’ फिल्ममा अहमद शाहलाई खलनायकका रुपमा नदेखाउन भनेका छन्। अफगानिस्तानका जनताले सामाजिक सञ्जालहरुमा अफगानिस्तानीले अहमद शाह आफ्नो देशका हिरो मानेको उल्लेख गरेका छन्।
उनी अफगानिस्तानका जनताको लागि हिरो हुन्। साथै उनलाई ‘अहमद शाह बाबा’को रुपले पनि चिनिन्छ। एक प्रयोगकर्ताले लेखेका छन, ‘डियर बलिउड, म अफगानिस्तानबाट हुँ, सञ्जय दत्त मलाई मन पर्ने अभिनेता हुन्, मलाई विश्वास छ कि फिल्ममा अहमद शाह दुर्रानीको कुनै अपमान गरिएको छैन।’
सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन लगायतको शीर्ष भूमिका रहेको यो फिल्म अहिले यतिबेला निकै चर्चामा छ। फिल्मको ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको छ।