काठमाडौं– सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले अल इन्डिया कप २०१९ को उपाधि उचालेको छ। आइतबार भएको फाइनलमा सुदूरपश्चिमले देहरादुन क्लबलाई हराएको हो।
अघिल्लो संस्करणको अल इन्डिया कपमा उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम ११ ले फाइनलमा देहरादुनलाई ६–१ गोल ले हपराजित गरेको हो। सुदूरपश्चिम उपाधि दिलाउन विक्रम सिंहले शनसनीपूर्ण प्रदर्शन गरे। उनी एकलैले ५ गोल गरेका थिए।
सुदूरपश्चिमको लागि थप १ गोल देउवाले गरेका थिए। सिंहले खेलको नवौं, ११ , १८, ३१ औँ र ७७ औँ मिनेटमा गोल गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेका थिए।