काठमाडौं_ सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजनाअफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्र इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको छ।
पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हार जिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जिते। त्यसैगरी बुटवलका केशव आचार्य र नेपालगञ्जका निरज कुमार कशौडाले हिराको टप जितेका छन्।
यो योजना २३ अक्टोबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि लागु हुनेछ। यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ।
प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्ने कम्पनीले जनाएको छ। एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन्।