काठमाडौं–नेपाली लोक तथा दोहोरी गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक,सर्जक तथा मोडेल गोविन्द पौडेल र गायिका चन्दा पुनको आवाजमा नयाँ गीत ‘घडी’ भर्खर मात्र सार्वजानिक भएको छ।
लालमणि भट्टराई र शारदा सिंघनियाको संयूक्त प्रस्तुति रहेको गीतको लय÷शब्द लालमणि भट्टराईकै रहेको छ, भने थेगो शारदा सिंघनियाको रहेको छ। गीतको भिडियो निर्देशन सृजना बरालले गरेकी हुन्, भने अभिनय आशिर प्रताप र शनि परियारको रहेको छ।
गोविन्द पौडेल अहिलेका रुचाईएका गायक हुन्। उनका सृजनालाई जतिले मायाले गर्छन् त्यो भन्दा अँझ रुचाईएको उनको जादुमय आवाज हो। गायिका विष्णु माझी, देवी घर्ती, पुर्णकला वि सी र शान्ति श्री परियार लगायतका चर्चित गायिकाहरु सँग आवाज दिएका उनका दर्जनौं गीत लोकप्रिय छन्।
केही समय अगाडि गायिका देवी घर्ती र उनको आवाजमा रहेको स्याउको बोटैमा गीत एकदमै रुचाईएको गीत हो। त्यसैगरी शान्तिश्री परियार उनको आवाजमा रहेको तिज गीत ‘आउ नक्कली टिक टक गरम’ यो बर्षको लोकप्रिय तिज गीत हो। प्रवासमा रहेर एकपछि अर्को सृजना दिईरहेका गोविन्दको योगदान सम्मान गर्न लायक छ। ‘घडी’ गीतमा मानिसको मुटु घडीको सुई जस्तै चल्ने र दुख पिंडा संगालेर बसिरहँदा आज यो गति भएको भनेर माया र पिरतीको मार्मिक भाव प्रस्तुत गरिएको छ। शुभारम्भ डिजिटल म्यूजिक बाट सर्बत्र बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=YYPt3yeTywg