एजेन्सी– बलिउड नायक अक्षयकुमारको ‘हाउसफुल–४’ को कमाइ दुई सय करोड भारू नजिक पुगेको छ ,वक्सअफिसमा यो सिनेमा हिट भएको छ।
सिनेमाले हालसम्म १९४.४८ करोड भारू कमाइसकेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सिनेमाले रिलिजको पहिलो साता १३५.८६ करोड भारू कमाएको थियो भने दोश्रो साता ४८.७५ करोड भारू कमाएको थियो।
यसैगरी रिलिजको तेश्रो सातामा शुक्रबार सिनेमाले २ तथा शनिबार २.७५ करोड भारू कमाएको छ। सिनेमाले यसै साताको अन्त्यसम्म वा नभए अर्को साताको सुरूवातमा २०० करोड भारूको आँकडा पार गर्ने अनुमान गरिएको छ। सिनेमा २५ अक्टुबरमा रिलिज भएको थियो।