एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले अपराजित यात्रा कायम राखेको छ। आइतबार राति भएको खेलमा युभेन्टसले एसी मिलानमाथि १–० गोलले पराजित गरेको हो।
युभेन्टसको जितमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका पाउलो डिबालाले एक मात्र निर्णायक गोल गरेका थिए। युभेन्टसको घरेलु मैदान एलिनाज एरिनामा भएको खेल प्रतिस्वर्धात्मक भएको थियो। पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए।
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही सुन्दर मौकाहरु खेर फालेको थियो। दुवै टोलीका गोलरक्षकहरुले केही सुन्दर बचाउ गरेका थिए। खेलको ७७ औं मिनेटमा युभेन्टसका डिबालाले गोल गरेका थिए। उनले गोन्जलो हिगुआइनको पासको सदुपयोग गरेका थिए। खेलमा अन्य गोल ननिस्कँदा युभेन्टसले १–० ले जितेको जितेको हो।
यस जितसँगै अपराजित रहेको युभेन्टसले १२ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा यथावत छ। पराजित मिलान १३ अंकसहित १४ औं स्थानमा छ।