एजेन्सी– विराटनगरको एक होटलबाट युवतीसहित पक्राउ परेका भारत बिहार प्रदेशको तल्लो अदालतका तीन न्यायाधीश बर्खास्तीमा परेका छन्। ६ वर्ष अघि नेपाल प्रहरीले पक्राउ गरे लगतै छुटेका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता बर्खास्तीमा परेका हुन।
भारतको सर्वोच्च अदालतले शुक्रबार सन् २०१३ मा विराटनगरको बसपार्क स्थित मेट्रो गेस्टहाउसबाट महिलासहित पक्राउ परेका तीनजना न्यायाधीसलाई बर्खास्त गर्न अनुमति दिएको हो।
तीन जना न्यायाधीसलाई २०६९ साल माघ १३ गते मोरङ प्रहरीले होटलबाट युवतीसहित पक्राउ गरेको थियो। तर तीन न्यायधिस रहेको खुलेपछि पक्राउ परे लगतै उनीहरू छुटेका थिए। स्थानीय मिडियामा आएको समाचारको आधारमा सर्बाेच्च अदालतले कारवाहीकालागि अनुमति दिएको हो।
समाचारका आधारमा अनुसन्धान गर्दा ती न्यायाधीशहरु नेपाल आएको र भारत प्रवेश गरेपछि तीनै जनाको फोन एकै ठाउँमा ‘ट्रेस’ भएको थियो। घटना लगतै पटना उच्च न्यायालयको बैठकले निलम्बन गरेको थियो।
घटनाको छानविन गरेको भारतीय गृह मन्त्रालयले दिएको रिपोर्टमा न्यायाधीशले विहारको पूर्णिया जिल्लाको एक होटलमा बसेको बिल पेस गरेपनि न्यायाधीश आफैंले बनाएको खुलेको थियो।