हेटौंडा — हेटौंडाकी ८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छन्।
साथीका घरमा भोगटे खान गएकी हेटौंडा उपमहानरपालिका वडा नंबर १५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन्। स्कुलमा सँगै पढ्ने साथीका घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो उनी बलात्कृत भएको प्रहरीले जनाएको छ।
बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयले हेटौंडा अस्पताल पुर्याएका थिए। बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
बलात्कार आरोपमा हेटौंडा उपमहानरपालिका वडा नंबर १५ रातोमाटेका २८ वर्षीय जयराम रुम्बा पक्राउ परका छन्। बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।