डडेल्धुरा– आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बनेको छ। डडेलधुरा अस्पतालमा उपचाररत डा. केसीको अवस्था जटिल बन्दै गएको छ।
केसीको स्वास्थ्य बिग्रिदै गएको र अस्पतालको क्षमताभन्दा बाहिर गए जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालले जनाएको छ। स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै प्रा. डा. केसी सात दिनदेखि डडेलधुरामा आमरण अनसनरत छन्। जिल्ला अस्पताल अगाडि एक निजी घरमा अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरि परिक्षण गरिएको छ।
डा. केसीको ब्लड प्रेसर घट्दै गएको छ भने मुटुको चाल बढेको छ। रगतमा अक्सिजनको मात्र घटेको र मृगौलामा समस्या छ। तर अस्पतालमा आईसीयू, एबीजी सेवा तथा दक्ष जनशक्तिको अभाव रहेकाले समस्या भएको हो। अस्पतालले विज्ञप्ती नै जारी गर्दै यस्तो जानकारी दिएको छ।