एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले इस्पान्योललाई पराजित गरेको छ। पाहुना टोली मड्रिडले इस्पान्योलमाथि ३–१ को पूनरागमन जित निकालेको हो।
पाहुना टोलीलाई जित दिलाउन एन्जल कोरेरा, अल्भेरो मोराटा र कोकीले गोल गरका थिए। इस्पान्योलका सर्जी डार्डेरले एक गोल फर्काएका थिए। खेलको १८ औं मिनेटमा इस्पान्योलका सर्जी डार्डेरले घरेलु टोलीलाई शुरुवाती अग्रता दिएका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्जल कोरेराले बराबरी गोल गर्दै मड्रिडलाई खेलमा फर्काएका थिए।
त्यस्तै खेलको ५८ औं मिनेटमा अल्भेरो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए। उनले भिटोलोको पासमा गोल गरेका थिए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कोकीले डिएगो कोस्टाको पासमा गोल गर्दै एट्लेटिको मड्रिडलाई ३–१ को पूनरागमन जित दिलाए।
यस जितसँगै मड्रिड १३ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित इस्पान्योल ८ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ।