काठमाण्डौ– झापाको चन्द्रगढीमा रहेको भद्रपुर विमानस्थल मर्मतका लागि १० दिन बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि मंगलबारबाट दश दिन बन्द हुने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मर्मत सम्भार पुरा नभएसम्म उडान अवतरण ठप्प हुनेछ। प्राधिकरणले चन्द्रगढीबाट हुने उडान र अवतरण दश दिनका लागि विराटनगरबाट गर्ने छ।
भद्रपुर विमानस्थलमा नेपाल एयरलाइन्स, बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान भर्दै आएका छन्। भद्रपुरको उडान अवतरण विराटनगर सरेपछि विराटनगरको ट्राफिक चाप भने बढ्ने प्राधिकरणले बताएको छ।