एजेन्सी- ११.११ सेल डे को नाममा आइतबार मध्य रातदेखि सुरु भएको अलिबाबाको एक दिने व्यापारको सुरुवात नै धमाकेदार बनेको छ।
विश्वकै सबैभन्दा ठूलो अनलाइन सपिङमध्येको अलिबाबा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ हो।अलिबाबाले पहिलो ९६ सेकेन्डमै एक अर्ब ४३ करोड डलर अर्थात एक खर्ब ६३ अर्ब रुपैयाँको कारोबार गरेको छ। अघिल्लो बर्ष यस्तो कारोबारका लागि १ सय २५ सेकेन्ड लागेको थियो।
अनलाइन सपिङ मेलाको रुपमा व्यापक छुट सहित घोषणा गरिएको यो व्यापारको लत चिनियाँमा कति रह्यो भने करिब १३ मिनेटमै अलिबाबाले ८ खर्ब १३ अर्ब रुपैयाँको कारोबार गर्यो। एक घन्टामै यस्तो कारोबार साढे १३ अर्ब डलर माथी लाग्यो। यस्तो रकम अघिल्लो बर्षको तुलनामा २२ प्रतिशतले बढी हो।
नेपालमा पनि दराज अनलाइन सपिङले आइतबारमध्ये रातिदेखि ११ः११ को नाममा एक दिनको अनलाइन व्यापार मेला गरिरहेको छ। यस अवसरमा दराजले ८० प्रतिशतसम्म छुट दिएको दाबी गरेको छ।