एजेन्सी- स्मार्टवाचको बिक्रीमा आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१९ को तेस्रो त्रैमासिकमा विश्वभर बिक्री भएका कूल स्मार्ट वाचको संख्यामा ४८ प्रतिशत हिस्सा ओगटेर आफ्नो आधिपत्य बढाएको छ।
बजार विश्लेषण गर्ने अमेरिकी कम्पनी स्ट्र्याटेजी एनालिटिक्सका अनुसार अघिल्लो वर्ष एप्पलको बजार हिस्सा ४५ प्रतिशत मात्रै थियो, यो त्रैमासिकमा कम्पनीले बिक्री बढाउँदै आफ्नो प्रभाव विस्तार गरेको हो।
सन् २०१९ को तेस्रो त्रैमासिकमा १ करोड ४० लाख स्मार्टवाचन डिभाइस बिक्री भएको जनाइएको छ। बजारमा एप्पल वाचलाई फिटबिट र सामसङले टक्कर दिएका भए पनि बिक्रीका हिसाबले एप्पल धेरै नै अगाडि देखिएको छ।
दुई साता अघि मात्रै स्मार्टवाच निर्माता फिटबिटलाई गुगलले किन्ने निश्चित भएको थियो। गुगलले फिटबिट किनेसंगै स्मार्टवाच बजारमा एप्पलले बलियो प्रतिस्पर्धी भेट्ने आंकलन छ।