एजेन्सी- शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले सोमबार दुई वटा स्मार्टफोन रेडमी ८ र रेड्मी ८ए सार्वजनिक गरेको छ।
रेडमी ८, लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो। फोनमा १२ एमपी डूअल क्यामेरा सेटअप गरिएको छ। साथै ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ। दुवै फोनमा ६.२२ इन्च अथार्त १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्ले रहेको छ। फोनमा ५ हजार एमएएच ब्याट्री रहेको छ। जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपछि लामो समयसम्म प्रयोग गर्न सक्नेछन्।
शक्तिशाली क्वालकम स्न्यापड्रेगन ४ सय ३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेग्मेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ। दुवै स्मार्टफोनलाई कर्निङ गोरिला ग्लास ५ ले बलियो बनाएको छ।
रेडमी ८ मा ४ जीबी र्याम र ६४ जीबी इन्टिरनल स्टोरेज रहेको छ। रेडमी ८ को रियरमा एआई डूअल क्यामेरा सेटअप रहेको छ जसमा १२ एमपी प्राइमेरी सेन्सर र डेडिकेटेड २ एमपी डेप्थ सेनसर रहेको छ। रेडमी ८ को फन्टमा विभिन्न पोट्रेट सेल्फी खिच्न मिल्ने एआई पोट्रेट मोडसहित ८ एमपी क्यामेरा रहेको छ।
रेडमी ८ लाई सुन्दर औरा मिररले फिनिसिंग गरिएको छ। सहज सुविधाका लागि रियरमा फिन्गरप्रिन्ट सेन्सर राखिएको छ र यसले एआई फेस अनलक पनि सपोर्ट गर्दछ।
रेडमी ८ए ले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ। रेडमी ८ए को सबैभन्दा महत्वपूर्ण अप्ग्रेड फ्रन्ट क्यामेरा हो। यसमा १२ एमपी सोनी आइएमएक्स३६३ सेन्सर रहेको छ। १२ एमपी क्यामेरामा रहेको छ। रेडमी ८ए को फ्रन्टमा ८ एमपी सेल्फी क्यामेरा रहेको छ र दुवै फ्रन्ट र रियर क्यामेराबाट एआई पोट्रेट मोड सट लिन सकिन्छ।
सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ ए २जीबी प्लस ३२ जीबी को मुल्य ११ हजार ९ सय ९९ र ३ जीबी प्लस ३२ जीबीको मुल्य १२ हजार ९ सय ९९ रहेको छ। त्यस्तै, ४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी८ को मूल्य १४ हजार ९ सय ९९ रहेको छ। यो ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध हुनेछ।
दुवै फोन सम्पूर्ण एमआईका अधिकृत पार्टनर, डराज र सस्तो डिल लगायतका स्टोरमा किन्न सकिने छ।