एजेन्सी- सन् २०२० मा एप्पलले आइफोन १२ ल्याउने भएको छ। यो अघिल्लो सिरिजभन्दा सानो आकारमा हुने बताइएको छ।
एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो। अहिले भने एप्पल यस विषयमा छलफल तथा परामर्श गरिरहेको छ।
एप्पलले १ सय २० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ। आइफोन १२ मा पछाडि चार वटा क्यामेरा जडान गर्ने भनि बताइएको छ। यसअघि आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश गरिएको थियो।
आइफोन १२ फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ।