काठमाण्डौ–दिनदिनै कफी पिउदा स्वास्थ्यका लागि लाभदायी छ भन्ने विषय धेरै मानिसलाई थाहा होला। शारिरिक स्फूर्तिका लागि सेवन गरिने कफीले कलेजो सुरक्षामा महत्पूर्ण भूमिका खेल्ने देखिएको छ।
विभिन्न अध्ययनहरूबाट दिनहुँ कफीको सेवनले कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण भूमिका खेल्ने निष्कर्ष निकालिएको छ।
यूनिभर्सीटी अफ साउथएम्पटनमा हालै गरिएको अनुसन्धानले रक्सीको सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकपले घटाउन मद्दत गर्न सक्ने नतिजा निकालेको छ।
अझ कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावनालाई ४४ प्रतिशतले घटाउने गर्छ उक्त यूनिभर्सीटीका अनुसन्धानकर्ताहरुले नौं वटा लामो अध्ययनलाई रिभ्यु गरेर अनुसन्धानमा ६ देशका ९७८ यूवाहरु समावेश गरेका थिए। अध्ययन अनुसार हरेक दिन दुईकप कफी पिउने मानिसहरू लिभर सिरोसिसबाट ग्रसित हुने सम्भावना एकदमै कम देखियो।
‘साईन्स जर्नल एलिभेन्टरी फर्माकोलोजी एण्ड थेराप्यू टिक्स’मा प्रकाशित गरिएको खवर अनुसार संसारभर हरेक वर्ष १० लाख मानिस लिभर सिरोसिसको कारणले मर्ने गरेको तत्थ्याङ्क छ। लिभर सिरोसिस अल्कोहलको बढी सेवन तथा हेपाटाईटिस सी को संक्रमणबाट कलेजोमा हुने क्षति हो।
लिभर सिरोसिसले कलेजोको काम बन्द गराई मृत्युको जोखिममा पुर्याउने गर्छ। कफीमा पाइने कैयौ पदार्थहरू स्वास्थ्यलाई फाईदा नगरे पनि रक्सी धेरै खाने व्यक्तिहरूको कलेजोलाई भने केहि हद सम्म सुरक्षित राख्न मद्दत गर्छ।