एजेन्सी– टर्कीले रुसी मिसाइल खरिद गरेपछि अमेरिका रुष्ट भएको यहाँका अधिकारीहरुले जनाएका छन्। जसकारण अंकारामाथि अमेरिकाले प्रतिबन्ध लगाइउन सक्ने अन्तर्रा्ष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।
ह्वाइट हाउसका सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले यस्तो बताएका हुन्। ओब्रेनले अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन्। टर्कीका राष्ट्रपति तायीप एर्डोगनको अमेरिका भ्रमण हुनुभन्दा अघि ओब्रेनको टिप्पणी आएको हो। तायीपले नोभेम्बर १३ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटने तालिका छ।
टर्कीले यसअघि नै रसियन ‘एस–४०० एन्टि एयरक्राफ्ट सिस्टम’ गरिद गरेको थियो। जुन प्रविधिलाई अमेरिकाले ‘नाटो’सुरक्षासँग नमिल्दो र ‘एफ–३५’ फाइटर जेट्सका लागि चेतावनी दिएको रुपमा व्याख्या गरेको छ। बीबीसी