एजेन्सी- स्मार्टवाच निर्माता अमेरिकी कम्पनी फिटबिटलाई अर्को अमेरिकी कम्पनी गुगल इन्कले २ अर्ब १० करोड डलरमा किन्ने भएको छ। उक्त रकम नेपाली मूल्य अनुसार २ खर्ब ३७ अर्ब रुपैयाँ पर्न आउँछ।
१२ वर्षअघि स्थापना भएको फिटनेस ट्र्याकर डिभाइस निर्माण गर्ने यो कम्पनीको स्मार्टवाचन प्रयोगकर्ता माझ लोकप्रिय छ। १२ वर्षको अवधिमा कम्पनीले हालसम्म १० करोडभन्दा बढी स्मार्टवाच बिक्री गरिसकेको छ।
सुरुवाति समयमै स्मार्टवाच बिक्री गर्ने सीमित कम्पनीमध्येमा पर्ने फिटबिट प्रयोगकर्तामाझ लोकप्रिय भए पनि पछिल्लो समय कम्पनीले नाफा आर्जन गर्न भने सकेको छैन। फिटबिटले गुगलसँगको बिक्री सम्झौता पुष्टि गर्दै गाँभिएपछि कम्पनीको यात्रा सहज हुने टिप्पणी गरेको छ।
स्मार्टफोन डिभाइसको क्षेत्रमा प्रवेश गरिसकेको गुगलले फिटबिट खरीद गरेसँगै स्मार्टवाचको क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाउनेछ।