वीरगञ्ज– अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कात्तिकको २१ गते वीरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन पुगिन्। तर, साम्राज्ञी एक्लै भने महोत्सवमा गएकी थिइनन्। उनीसँगै उनका प्रेमी देवांश राणा पनि महोत्सवमा पुगे।
देवांश उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको छोरा हुन्। कार्यक्रम अवधीभर उनीहरु एकसाथ बसेका थिए। देवांश आफू आफ्नी आमासँग वीरगञ्ज आएको बताइरहेका थिए। साम्राज्ञीसँग वीरगञ्ज आएको भन्दै चर्चा अन्तै मोडिने सोच उनको हुनसक्छ।
साम्राज्ञी भने आफ्ना हजुरआमा र हजुरबासँग तस्वीर खिचाउन र अन्र्तवार्ता दिन बढी व्यस्त देखिइन्। यो बर्ष साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भएका थिए। यी दुबै चलचित्र बक्स अफिसमा असफल भएका छन्।
यसैले पनि साम्राज्ञी अहिले करिअरका लागि बढी गम्भिर देखिएकी छिन्। तर, प्रेमीसँग देखिदा उनको चर्चा धेरै हुने गरेको छ। केही समय अगाडि उनले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटो भाईरल भएर निकै विवादमा आएको थियो।