विराटनगर– प्रदेश प्रहरी कार्यालय विराटनगरले पाँच जिल्लामा लगाइएको डेढलाख भन्दा बढप् गाँजाको बोट फडानी गरेको बताएको छ।
प्रहरीले पछिल्लो समय चलाएको सर्च अभियान मार्फत धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाएको तथा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु फडानी गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी र धनकुटाकै आँखिसल्ला लगायतका एरियाको करिब २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएको १ लाख ५० हजार गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको प्रदेश प्रहरीले बताएको छ।
खोटाङको ईलाका प्रहरी कार्यालय हलेशी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेशी तुवाचुङ नगरपालिका– १ र २ का डिकुवा, दाम्ली, र बाँहुनीडांडा लगायतका एरियाबाट करिब ५ हजार गाजाँका बोट फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले १२ हजार ५ सय, जिल्ला प्रहरी कार्यालय उदयपुरले ४० रोपनी जग्गामा लगाईएको लगाईएको २५ हजार बोट गाजा फडानी गरी नष्ट गरेको हो। सुनसरीको ईलाका प्रहरी कार्यालय देवानगञ्जले ३ सय गाजाँका बोट फडानी गरेको छ।