काठमाडौं– भास्कर प्रधानको निर्देशनमा बनेको नेपाली फिल्म ‘लभ यु हमेशा’ मंसिर १३ बाट प्रदर्शन हुने भएको छ। कार्तिक २२ को रिलिजको तयारी गरेको फिल्म मंसिरमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।
प्रेमकथामा निर्माण भएको फिल्म ‘लभ यु हमेशा’ ले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ लाई असर नपरोस भनी फिल्म पछि सारिएको बताइएको छ। निर्माण युनिटका अनुसार यो फिल्म भारतको दार्जिलिङ, सिलगुढी लगायतका केही स्थानमा भने कात्तिक १५ गतेबाट प्रदर्शन भईरहेको छ।
फिल्मका कलाकारमा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राई रहेका छन्। फिल्मको निर्माता यवन गुरुङ हुन्।
भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको छायाँकार शिव ढकाल हुन्। मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ।