काठमाण्डौ–अफिसमा तथा घरमै लामो समयसम्म लगातार काम गरिरहदा शरीर तथा दिमाग दुवै ह्यंग हुन थाल्छन्। यसले काम र काम गर्ने क्षमतामा पनि नराम्रो असर गर्न थाल्छ। काम गर्न अल्छि लागेको अवस्थामा केहि आराम, मिठो खान तथा प्रोत्साहनको जरुरत सबैलाई परिरहेको हुन्छ।
तर, अरु कुरालाई छोडेर खाने कुरामा ध्यान दिने हो भने पनि काम गर्दा मन लाग्ने तथा अल्छि हटेर काम समेत राम्रो हुनसक्छ। मुडलाई ताजा गर्ने खानमध्ये एक हो, पिज्जा स्वास्थ्यका लागि राम्रो नमानिने भए पनि स्वादका लागि मानिसहरु पिज्जा भनेपछि मरिहत्ते गर्छन्।
पिज्जा खाने मानिसहरुको काम गर्ने क्षमता पनि बढ्छ। उक्त कुरालाई एक अमेरिकी साइकोलोजिस्टले गरेको अध्ययनले पुस्टि गरिसकेको छ। काम गर्ने मानिसहरुको क्षमता विकास कसरी गर्न सकिएला भन्ने थाहा पाउनका लागि अध्ययन गरेका थिए।
उक्त अध्ययनमा एउटा उद्योगका केही कर्मचारीहरुलाई समावेश गरि कामको क्षमता बढाउनका लागि पिज्जा, पैसा वा तारिफ गरि तीन मध्ये एक कुरालाई छान्न लगाएका थिए। पिज्जा खानेहरुले अझ चर्को गतीमा काम गर्न थालेको र उनीहरुको काम गर्ने क्षमतामा पनि वृद्धि भएको अध्ययनले निष्कर्ष निकालेको छ।