बुटवल — रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वा्चित भएका छन्।
संघको १० अधिवेशन अन्र्तगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
महासचिवमा दयानिधि भण्डारी र केशव खनाल, सचिवमा नामदेव पाण्डे र कृष्णप्रसाद अर्याल तथा सहसचिवमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुमन अधिकारीले जानकारी दिए।
यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्षमा प्रकाश ढकाल, कोषाध्यक्षमा दीपकप्रसाद अधिकारी र सहकोषाध्यक्षमा ऋषिराम पाण्डेको पनि एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वा्चित भएका छन्।
संघको नयाँ कार्यसमिति चयनका लागि कार्तिक २८ गते निर्वाचन हुने कार्यतालिका छ। संघमा करिब तीन हजार सदस्य छन्।