एजेन्सी- हीरा विश्वकै मूल्यवान रत्न मध्येको एक हो। हीरा त्यस्तो तत्व हो जुन एकल तत्वले निर्माण हुन्छ। यसलाई काट्न अन्य धातुले सक्दैन। हीरालाई हीराले मात्र काट्न सकिन्छ।
हीरामा ९९.५ प्रतिशत कार्बन र ०.५ प्रतिशत अन्य धातु मिश्रित हुन्छ। हीरा कोइलाबाट बन्छ र अन्य धातुहरुले यसको रंग र आकार बनाउन मदत पुर्याउछ। रासायनिक र क्रिस्टलको संरचनाले हिरालाई महत्वपूर्ण रत्न बनाउन मद्दत गर्छ।
हीरा निर्माण हुने प्रक्रिया निकै लामो र कठिन हुन्छ। यसका लागि अत्यधिक तापमान र उच्च दबाव अनिवार्य रुपमा चाहिन्छ। हीरा पृथ्वी भन्दा करिब सय माइल गहिराईमा अवस्थित हुनेगर्छ। यसमा रहेको कार्बन परमाणुहरुको आकार हरेक दिशाबाट उस्तै हुने गर्छ।
खनिज र ग्रेफाइट पनि पूर्ण रुपमा कार्बनबाट निर्मित हुन्छ। तर हीराको निर्माण प्रक्रिया र क्रिस्टल संरचना धेरै फरक हुनेगर्छ जसले हिराको फरक छुट्याउँछ। हिरालाई पनि खनिज मध्ये एकमा गनिन्छ। हिराको रसायनिक संरचना, क्रिस्टल संरचना र गठन प्रक्रियाले अद्भुत बनाउँछ ।