वीरगञ्ज–कात्तिक २१ देखि कात्तिक २३ सम्म आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ ले नेपाली चलचित्र क्षेत्रमा के प्रभाव पार्छ,भन्ने कुराको नतिजा विस्तारै देखिदै जानेछ।
चलचित्र क्षेत्रमा यस्ता खालका महोत्सवले चहलपहल भने बढाउँछ। आयोजकले यस्ता कार्यक्रमलाई कत्तीको व्यवस्थित गर्न सक्छ, फाइदा त्यती नै बढी हुनेछ।
तर, चलचित्र क्षेत्रको बिषयमा जनतालाई जानकारी दिन र चहलपहल बढाउन यस्ता खालका कार्यक्रम भने महत्वपुर्ण छ। नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले ३ दिन विरगञ्जलाई चहलपहल भने गरायो।
नेपाली चलचित्रको बजार खासै नरहेको विरगञ्जले चलचित्र निर्माण, प्रदर्शनमा नयाँ फड्को मार्यो भने यसले फाइदा भने दिनेछ। धेरैले गरिएको आशा यो महोत्सवले पुरा गरोस्।