काठमाडौं–बहुचर्चित गायिका बिष्णु माझी र मोहन खड्काको आवाजमा लोकदोहोरी गीत ‘सुन्तला गुलियो’ सार्वजानिक भएको छ। अहिलेका लोकप्रिय सर्जक सुजन लम्सालको शब्द संगीतमा रहेको गीतलाई कृष्ण वि क भान्जाले संगीत संयोजन गरेका छन्। काजिस श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा विमल अधिकारी र जनिता खत्रीको नृत्य रहेको छ, भने मारुनी रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो।
गायिका विष्णु माझी र मोहन खड्काको आवाजमा धेरै गीतहरु रुचाईका छन्। मोहन खड्का अहिलेका रुचाईका गायक हुन्। विशेषत दुःख पिरका गीत गाउँने उनले यसपटक डान्सिङ् गीतमा आवाज दिएका छन्। गीतमा ज्यान दिन्छु भन्नेले दिल मात्र ओगटे भन्ने थेगो एकदमै सजिलो गुनगुनाउन सकिने खालको छ। समग्रमा गीतको सबै पक्ष एकदमै उत्कृष्ट बनेको छ। भावना म्यूजिक सोलुशन बाट सर्बत्र बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=hcOn841N4OQ