काठमाडौं– प्रहरीले चीनबाट ल्याइएको अनौठा जुवा सामग्रीसहित त्यसका व्यापारीलाई समेत पक्राउ गरेको छ।
काठमाडौंको कालिमाटी प्रहरीका डिएसपी रुगम कुँवरका अनुसार सेन्सरजडित तास र त्यसलाई प्राविधिक रुपमा सहज पार्ने सामग्रीसहित सीतापाइलाबाट सर्लाहीका शीरबहादुर कार्कीलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो।
डिएसपी कुँवरका अनुसार कार्कीको कोठाबाट हामीले तास खेल्दाखेल्दै कसले र कसरी जित्छ भन्ने परिणाम पहिल्यै थाहा पाउन मिल्ने सामग्रीहरु बरामद गरेको बताए।
कार्कीले चीनबाट यस्ता सामग्री ल्याएर प्रतिसेट एक लाख रुपैयाँ बराबरमा बेच्ने गरेको बताईएको छ, साथै यस विषयमा थप अनुसन्धान गरिरहेको बताएका छन्।
यस्ता सामग्री खेलाडीले खल्ती, कपडाका विभिन्न कुनाकाप्चा तथा पट्याइएको नोटमै पनि राख्न सक्ने र त्यो सेन्सर जडित सामानले कसलाई कुन तास परेको छ र कसले जित्दैछ भन्ने थाहा पाउन सक्ने प्रहरीले जनाएको छ।