१.घरी भट्टी त घरी व्यापार देखाउँछ
तिम्रो त्यो मन पनि मलाई सत्कार देखाउँछ।
२.मनको पिंडमा मलम लगाउँन खोज्छ फेरि
छिनभरमै के हुन्छ फेरि चिरफार देखाउँछ।
३.मुटुलाई मैदान बनाएर कुल्ची उ जान्छ आफै
फर्किएर आउँछ अनि अर्को सवार देखाउँछ।
४.फाटेको मुटु सिलाउनु पर्छ है भन्छ शब्दमा पनि
व्यवहारमा फेरि–फेरि तरबार देखाउँछ।
५.सबै मान्छे एउटै मान्नु हुन्न भन्छ र त उसैले
फेरि दाजुभाई देखाउँछ अनि तिहार देखाउँछ।
रेजिना सिंह, कर्णाली प्रदेश सुर्खेत