एजेन्सी– एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इण्डिजले अफगानिस्तानविरुद्ध क्लिन स्वीप गरेकाे छ। तेस्रो तथा अन्तिम एकदिवसीयमा अफगानिस्तानलाई ५ विकेटले हराएसँगै वेष्ट इण्डिजले सिरिज ३–० ले कब्जा गरेको हो।
अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य वेष्ट इण्डिजले ४८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो। वेष्ट इण्डिजको जितमा साई होपले १ सय ९ रनको शतकीय इनिङ्स खेले। यस्तै रोस्टन लामरले अविजित ४२, ब्राण्डन किङले ३९ तथा कप्तान केइरन पोलार्डले ३२ रन बनाए। अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो। अफगानिस्तानका लागि कप्तान अस्घर अफगानले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हजरत उल्लाह जाजई र मोहमद नाबीले समान ५० रन बनाए। वेष्ट इण्डिजका केमो पाउलले ३ तथा अल्जारी जोसेपले २ विकेट लिएका थिए।
वेष्ट इण्डिजले सिरिज अन्तर्गत पहिलो खेलमा अफगानिस्तानलाई ७ र दोस्रो खेलमा ४७ रनको पराजित गरेको थियो।