एजेन्सी– चर्चित गायिका लता मंगेशकरको वास्थ्य अवस्था गम्भिर भएको बताइएको छ। सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ।
भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको उत्कृष्ट गायिका हुन्। छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो।
लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ।
कैयौं नेपाली गीतमा स्वर दिएकी ९० वर्षीया लता मंगेशकर आईसीयूमा रहेको र उनको अवस्था गम्भिर भएको सामाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।