एजेन्सी– बलिउड सुपस्टार अक्षय कुमारको फिल्म ‘हाउसफूल ४’ ले उनकै फिल्म ‘मिसन मंगल’ को रेकर्ड तोड्ने देखएिको छ।बलिउडका मिस्टर खेलाडीको छवि बनाएका अक्षय ‘हाउसफूल ४’ को बक्स अफिस कमाइले मख्ख परेका छन्।
उनको ‘मिसन मंगल’ ले बक्स अफिसमा २०२ करोड भारु कमाएको थियो। २०१९ मै रिजिल भएको सो फिल्म अक्षयको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। अक्षय हालै रिलिज भएको फिल्म ‘हाउसफूल ४’ उक्त रेकर्ड ताडेने देखिएको छ। भारतीय मिडियाका अनुसार फिल्मले रिलिजको तेस्रो हप्तासम्म आइपुग्दा १ सय ९८ करोड कमाइ गरिसकेको छ।
बक्स अफिसमा फिल्मले अहिले पनि दर्शकको राम्रो साथ पाइरहेको छ। समीक्षकहरुको आलोचना बाबजुद मिष्टर खेलाडीको फिल्ममा दर्शशको घुइँचो नै देखिएको छ। उनको फिल्म ‘हाउसफूल ४’ ले केहि दिनमै ‘मिसन मंगल’ को रेकर्ड ताड्ने अनुमान गरिएको छ।