एजेन्सी– नायक सलमान खान अभिनित सफल एक्सन कमेडी फ्रान्चाइज ‘दंबग–३’ मा यसपटक मुन्ना बदनाम हुने भएका छन्।
सिनेमाले सोमबार सिनेमामा समाविष्ट ‘मुन्ना बदनाम हुआ’ बोलको गीतको अडियो रिलिज गर्दै यसको रहस्योद्घाटन गरेको हो। गीतको अडियोलाई एकदमै रुचाईएको छ।
सिनेमाको पहिलो सिक्वलमा रहेको ‘मुन्नी बदनाम हुई’ बोलको गीत त्यस समय निक्कै चर्चित बनेको थियो।
सिनेमाको सोही गीतको सफलतालाई यसपटक तेश्रो श्रृखंला प्रयोग गर्ने प्रयास स्वरूप यो गीत बनाइएको बताइन्छ। यस गीतमा ममता शर्मा, बादशाह र कमाल खानको स्वर रहेको छ भने संगीत साजिद वाजिदको छ।
करिब ४.६ सेकेण्ड लामो यस गीतको भिडियो कहिले रिलिज गरिनेछ भन्नेमा केही खुलेको छैन। हालसम्म सिनेमाले आफ्ना गीतको भिडियो नभइ अडियो मात्र रिलिज गर्दै आएको छ। सिनेमामा कुल ४ गीत रहेका छन्।
सिनेमाको यस गीतले सन् २०१० मा ‘मुन्नी बदनाम हुई’ गीतको जस्तै सफलता पाउने अनुमान गरिएको छ।
‘दबंग ३’ डिसेम्बर २० मा रिलिज रिलिज हुने तयारीमा छ।
https://www.youtube.com/watch?v=889Eg3d3Bys