काठमाडौं–टुबोर्ग ओपन सेसन २ को लागि चर्चित गायक महेश काफ्ले तथा त्रिशला गुरुङ्गले आफ्नो गीत नाच फिरिरि प्रस्तुत गरेका छन्। छोटो समयमा नै अत्याधिक चर्चित हुन पुगेको सो गीतमा रोहित शाक्यले टुबोर्ग ओपन सेसन २ को लागि थप संगीत भरेका छन्।
महेश तथा त्रिशलाद्वारा गाईएको सो गीतमा लोक र आधुनिक दुवै संगीतको सुमधुर समिश्रण पाईन्छ। सांगितिक परिवारबाट आएका महेश काफ्ले आफैंले उक्त गीतको रचना गरेका हुन भने गायन क्षेत्रमै आफु अत्यन्तै सन्तुष्ट रहेको कुरा पनि उनले व्यक्त गरेका छन्। उनका बुबा भोजराज काफ्ले पनि चर्चित गायक हुन्।
उनले ६ महिनासम्म नाच फिरिरिमा गोप्य रुपमै काम गरेका थिए भने गीत सार्वजनिक भएको छोटो अवधिमै दर्शक श्रोताहरुले उक्त गीतलाई अत्यधिक रुचाएका थिए। प्रारम्भिक चरणमा इन्स्टाग्रामबाट आफ्ना कभर भिडियोहरु अपलोड गर्दै आएका त्रिशला गुुरुङले कम समयमा नै धेरै ख्याती प्राप्त गरिन।
बाल्यकाल देखिनै संगीतमा अत्यन्तै रुचि रहेका उनीले धेरै प्रतियोगिताहरुमा पनि भाग लिईन्। महेश र त्रिशला दुवैजनाले संगीत क्षेत्रमा आफ्नो योगदान वापत धेरै पुरस्कारहरु पनि प्राप्त गरेका छन्।
२०१८ मा आरबिट्ररीद्वारा टुबोर्ग ओपन सेसन एक युट्युब च्यानल शुरु गरिएको थियो जसमा ५१ वटा गीतहरुको श्रृङंखला संकलित थिए भने १ करोड भन्दा धैैरै भ्यूज प्राप्त भएको थियो। टुबोर्ग ओपन १ को अपार सफलता पछि थप नयाँ संगीतकार, गायक गायिकाहरुका साथ अझ परिष्कृत रुपमा टुबोर्ग ओपन २ दर्शकहरुको सामु पुनःआएको छ।