काठमाडौं– केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो। मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको ‘चट्ट बसम देउरालीमा’ बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए। उक्त गीतले युट्युबमा २० लाख बढि भ्युज पाएको छ।
अहिले राजेश चलचित्रको गीतमा कम देखिन्छन्। बरु उनलाई पछिल्लो समय म्युजिक भिडियोमा देख्न पाइन्छ। सोमबार राजेशको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। रेनु विष्टको आवाजमा रहेको ‘मैले चोट खाँदा’ बोलको गीतमा राजेशलाई फिचर गरिएको छ। भिडियोलाई शिव बिकले निर्देशन गरेका छन्।
राजेशले सुनिल सिंह ठकुरीको गीतमा पनि अभिनय गरेका छन्। ‘जिन्दगी’ बोलको उक्त गीत राजेश हमालको जीवनको पहिलो म्युजिक भिडियो भएको बताइएको छ। यो गीतको भिडियोमा राजेशले श्रीमती मधु भट्टराईसँग काम गरेका छन्।
यस्तै, केही दिन अगाडि मात्र रिलिज भएको ‘आमाको आशु’ बोलको म्युजिक भिडियोमा हमाललाई देख्न सकिन्छ। विरही कार्कीको यो गीतमा राजेशसँगै सविन बास्तोला, लक्ष्मी गिरी, अन्जली अधिकारीले पनि अभिनय गरेका छन्।
राजेशले पछिल्लो समय कुनै चलचित्र साइन गरेका छैनन्। उनले चलचित्र निर्देशन गर्ने चर्चा चलेको पनि लामै समय भयो। तर, उनी चलचित्र बनाउने सुरमा अझै लागेका छैनन्। बरु, म्यूजिक भिडियो, महोत्सव र विदेशमा हुने कार्यक्रममा नै हमाल व्यस्त बनेका छन्।
चलचित्रमा अभिनय गर्नका लागि सय पटक सोच्ने हमाल म्यूजिक भिडियोमा भने महंगो पारिश्रमिक लिएर खेलिरहेका छन्। साथै उनका भिडियोहरु एकदमै रुचाईका छन्, यूटूवमा पनि राम्रै भिउज पाएका छन्।
https://www.youtube.com/watch?v=KWCTxiq7Qig