एजेन्सी– विश्व फुटबलका सुपस्टार क्रिस्टियानो रोनाल्डाेलाई दुई वर्ष प्रतिबन्ध हुन सक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। पोर्चुगिज तथा युभेन्टसका स्टार फरवार्ड रोनाल्डो कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने जोखिम बढेको ती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
आइतबार इटालियन सिरी ‘ए’ मिलानविरुद्ध खेल जारी रहेको अवस्थामा उनी मैदान छोडेर बाहिर गएको कारण उनलाई कारबाही हुने बताइएको छ। खेल नसकिँदै स्टेडियमबाट बाहिरिएसँगै उनलाई एन्टी डोपिङ नियमका आधारमा कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने इटालीका पुर्व इटालियन फरवार्ड एन्टोनियो कसानोले जानकारी दिएका छन्।
खेल दौरान उनको ठाँउमा डिबालाई प्रतिस्थापित गरिएको थियो। त्यसपश्चात् उनी मैदानबाट बाहिरिएको स्काई इटालीले जनाएको छ। प्रशिक्षक मौरिजीयो सार्रीले एसी मिलानविरुद्ध १–० को जित निकालेको खेलमा रोनाल्डोलाई खेलको ५५ औं मिनेटमा परिवर्तन गरेपछि रुष्ट बन्दै बेञ्चमा नगई ड्रेसिङ रुममा छिरेका थिए। त्यसपछि खेलको ३ मिनेट समय बाँकी रहँदा उनी स्टेडियमबाट बाहिरिएका थिए।
एन्टी डोपिङको नियमअनुसनर खेलाडी खेल नसकुन्जेल मैदान बाहिर जान मिल्दैन। त्यसकारण रोनाल्डोले उनले नियम उल्लंघन गरेको पुष्टि हुन्छ।