एजेन्सी- डिजिटल जीवनको सबैभन्दा ठूलो समस्या भनेको पासवर्ड ब्यवस्थापन नुहुनु हो। लामो वा अप्ठ्यारो पासवर्ड राखे सम्झन ग्राहो हुने र सजिलो पासवर्ड भए अरुले एकाउन्ट ह्याक गदिर्ने समस्या हुन्छ। पासवर्ड सजिला हुनु नै एकाउन्ट ह्याक हुनुको सबैभन्दा प्रमुख कारण हो।
बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले गरेको अनुसन्धानअनुसार विश्वका अधिकाशं मानिसले राख्ने छरितो डिजिटल पासवर्ड भनेको १२३४५६ हो। १२३४५६ पासवर्ड नै विश्वको सबैभन्दा सजिलो र छिट्टै ह्याक हुने अनुसन्धानको भनाई छ। जसलाई विश्वका २ करोड ३० लाखभन्दा बढी मानिसले डिजिटल पासवर्ड राखेको साइबर सेन्टरले जनाएको छ।
त्यस्तै ७७ लाखभन्दा बढीले १२३४५६७८९ लाई पासवर्ड राखेका छन्। त्यसका अलावा २५८०, Password र १११११ लाई पासवर्ड राख्नेहरुको संख्या समेत लाखौं छ।
त्यसैगरि 2580, Qwerty, Password, 12345678, 11111, abc123, 123456, password1, 1234567890, 1q2w3e4r5t, Iloveyou, Qwertyuiop, mynoob, zxcvbnm, 000000 पासवर्डहरु ह्याकरले सजिलै ह्याक गर्न सक्ने केहि जोखिम युक्त भएकाे साइबर सेन्टरले जनाएको छ।