एजेन्सी– बलउिड चलचित्र ‘सूर्यवंशी’ का निर्देशक रोहित सेट्टी र नायक अक्षय कुमारविच बोलचाल नै बन्द भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, चलचित्रको छायांकनको क्रमदेखि नै अक्षय र रोहितविच सम्बन्ध विग्रिएको हो। उनीहरु, छायांकनको सेटमा समेत बोल्दैनथे। अक्षयलाई दृश्यको बिषयमा चलचित्रका सह–निर्देशकले जानकारी दिन्थे। त्यो एकदमै गाह्रो अवस्था हो ताकि बिचमा काम गराउने व्यक्तिको लागि।
निर्देशक र नायकविच असमझारी हुनुको मुख्य कारण यसको स्क्रिप्ट हो। चलचित्रको छायांकन आक्रामक तरिकाले भएपनि अहिले भने यसको काम स्लो भैरहेको छ। अक्षय बरु नयाँ चलचित्रको काममा व्यस्त छन्।
निर्देशक रोहित सेट्टी अक्षय कुमार सेटबाट हिडिसकेपछि मात्र सेटमा आउने गरेको बलिउड हंगामाले उल्लेख गरेको छ। यो चलचित्रको प्रदर्शन मिति २०२० को मार्च २७ लाई तोकिएको थियो । तर, पछि यसको रिलिज डेट हेरफेर भयो।
चलचित्रको रिलिज डेट अक्षयसँग कुनै पनि छलफल नगरी पछि सारेका कारण पनि अक्षय रिसाएका हुन्। अक्षय कुमार चलचित्रको कुनै पनि कुरामा निर्देशकमाथि हाबी हुन खोज्दैनन्। तर, चलचित्रको रिलिज डेट आफूलाई नसोधी सारिएको भन्दै अक्षय असन्तुष्ट छन्।
तर, यो खबर सार्वजनिक भएसँगै अक्षय र रोहितले एउटा भिडियो सार्वजनिक गरेका छन्। जहाँ, उनीहरुले मिडियामा आएपछि झगडा गर्नुपर्छ भन्दै नाटकिय रुपमा झगडा समेत गरेका छन्।