काठमाडौं–शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को अमेरिकामा प्रिमियर गरिसकिएको छ। अमेरिकाको टेक्सासमा आयोजना भएको चलचित्रको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता थियो।
चलचित्र हेरेर फर्किएका अधिकांश दर्शक हरुले यसलाई उत्कृष्ट राष्ट्रियताको भाव बोकेको फिल्म भने। चलचित्र हेरेर फर्किएका केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको बताए। कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए। केही दर्शकले भने चलचित्रले खुबै हसाँएको पनि बताए।
चलचित्र हेर्ने अधिकांश दर्शक यसको कथावस्तुबाट सन्तुष्ट देखिएका छन्। उनीहरुले, राष्ट्रियताको कथा उठान गरेकाले पनि चलचित्र विदेशमा बस्ने नेपालीका लागि अझै रोचक हुने प्रतिक्रिया दिएका थिए।
देव भुषालको निर्देशनमा बनेको यो चलचित्रमा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ। प्रेमराज दाहालको निर्माणमा यो चलचित्र बनेको हो। प्रिमियर पछि झनै आशा गरिएको छ।