वीरगन्ज–बारामा मङगलबार बिहान बैंकका एक कर्मचारी लुटिएका छन्। बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका जीवन खड्का, फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका उनी लुटिएका हुन्।
भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन्। हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड फायरिङ गरेर खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।
लुटेराले गोली चलाए पनि मानवीय क्षति भने भएको छैन। लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक खनालले जानकारी दिए।