काठमाडौं —नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक विवरण सार्वजानिक गरेको छ।
कम्पनीले चालू आवको तीन महीनामा रू. ६ करोड ६४ लाख १४ हजारको विद्युत विक्री गरेको छ। कम्पनीले गत आवको सोही अवधिमा रू. ६ करोड ४३ लाख ४६ हजारको विद्युत विक्री गरेको थियो।
कम्पनीले तीन महीनामा रू. २ करोड ३७ लाख ६५ हजार नाफा गरेको छ। गत आवको सोही अवधिमा रू. २ करोड ५८ लाख ८२ हजार नाफा गरेको थियो। गत आवको तुलनामा कम्पनीको नाफा ८ प्रतिशत घटेको छ।
कम्पनीको गत आवको तीन महीनामा रू. १ करोड २ लाख ७० हजार खर्च भएको थियो भने यस आवको तीन महीनामा रू. १ करोड ५३ लाख ८५ हजार खर्च भएको छ। कम्पनीले विद्युत उत्पादन गर्नको लागि नयाँ टरबाइन रनर, जेनेरेटर, ओभरहल, बालुवा फ्लसिङ गर्ने समयन्त्रहरु जडान र सिभिल मर्मतका कार्यहरु सम्पन्न गरेकाले विद्युत उत्पाद वृद्धि भएको हो।
कम्पनीको नाममा कास्की जिल्ला नामार्जुन गा.वि.स स्थि माद्मे खोलामा १२ दशमलव ३ सय किलोवाट क्षमताको माथिल्लो माद्मेखोला जलविद्युत ओयाजनाको विद्युत उत्पादनको सर्भेक्षण अुनमतिपत्र लिई प्राविधिक अध्ययन जारी रहेको कम्पनीले विवरणमा समेटेको छ। कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख रहेको छ। कम्पनीको जगेडा कोष रू. ३८ करोड १० लाख नोक्सानमा रहेको छ।