काठमाडौ–गौशालामा दुई सवारी साधन ठोक्किदा अन्य तीन सवारी साधनमा समेत क्षति पुगेको छ। भाग्यवस मानवीय क्षति नभएपनि यो दुर्घटनाले काठमाडौंमा बढ्दो दुर्घटनाको कहालीलाई भने छर्लङ्ग पारेको छ। आज विहान बा २० च १०१८ कार र बा १८ च ४२१६ नम्बरको कार ठोक्किएका थिए।
दुई कार ठोक्किए पछि एउटा स्कुटर, स्कुल बस र माइक्रो बसमा समेत क्षति पुगेको छ। तर यसलाई ट्राफिक प्रहरीले ‘सामान्य’ भनेर कुनै कारवाही प्रक्रिया समेत अगाडि बढाएन। के मानवीय क्षति भएका घटना मात्र ‘ठूलो’ हो र ? ट्राफिक प्रहरीले यसरी नै यस्ता घटनामा नजर अन्दाज नगर्दा सडकमा दुर्घटना बड्ने गर्दा छ।